मगरबेशीका बासिन्दाको गुनासो: ‘मत पाएकाहरु सांसद र मन्त्री भए तर, हाम्रो पीडा सुनेन्’

पाेखरा | कात्तिक २८, २०७९

मगरबेशीका बासिन्दाको गुनासो: ‘मत पाएकाहरु सांसद र मन्त्री भए तर, हाम्रो पीडा सुनेन्’

 

पोखराः पोखरा महानगरपालिका वडा नम्बर ३३ की ७४ वर्षीय विष्णु परियार आजकल कोही पुगेर मत दिने कुरा गरे भने भक्कानिन्छन् । भन्छिन्, ‘मेरो भुकम्पले भत्काइदिएको धन्सार बनाउन सकिन । राहत माग्न जाँदा धेरै ठाउँमा डुलाए । केही राहतपनि दिएनन् । घर अगाडिबाट बाटो लगे तर, बषौं हुँदापनि पिच गरेनन् । मोटर चल्छन् । बाटोको धुलो सबै भान्सामा पुग्छ । हामी रोगी भयौं मत पाएकाहरु सांसद र मन्त्री भए, उनीहरुलाई हाम्रो पीडा महसुस् भएन ।’ 


मगरबेँशीमा उनी मात्र होइन अन्य बासिन्दाको पनि यस्तै गुनासा छन् । उनीहरुले अब पहिले भोट दिएकालाई मत नदिने अठोट गरेका छन् । सोही ठाउँकी विमला परियारले अब जति नै गरेपनि पहिले भोट दिएकालाई नदिने आफूहरुको अठोटे सुनाइन् । ‘भोट माग्न मात्र आउने अनि भोट पाएपछि फर्केर नआउनेलाई किन मत दिने ? जति झुक्याउने झुक्याए अब हामीलाई झुक्याउन सक्नेछैनन् ।’ उनले भनिन्, ‘अब चिनेजानेको इमान्दार मान्छेलाई भोट दिने हो । धोका दिनेलाई होइन ।’ 


मत माग्दै पुगेका नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बराललाई स्थानीयले पुराना नेता भएकाले आफूहरुले विश्वास गर्ने तर धोका दिन नपाइने सर्त राखेका छन् । ‘पहिले जितेर गएकाले गरेनन् । तपाई हामीलाई इमान्दार हुनुहुन्छ भन्ने लागेको छ । फेरी धोका दिन पाउनुहुन्न । यो बाटो पीच गरिदिनुहोला । बोलेको कुरा पुरा गरिदिनुहोला । हामी तपाईलाई मत दिन्छौं’ बिमलाले भनिन्, ‘यहाँ वषौंदेखि हाम्रो आग्रह सुनेर यो बाटो नबनाउने । हाम्रा पीडा नसुन्ने अनि चुनावका बेला आएर कताकता रेल ल्याउने कुरा गरेका छन् । अब पनि हामीले तिनका कुरा पत्याएर भोट हाल्यौं भने सधैं यस्तै धोकामात्र पाउने हो । हामी अबपनि गल्ति गर्दैनौं ।’


उम्मेदवार बरालले विगतमा आफूसमेत आएर मत मागेको स्मरण गर्दै आफैले मत मागेर जिताएकाले धोका दिएकैले आफू उम्मेदवार भएको बताए । ‘यहाँ हजुरहरुसंग मत मागिदिन म पनि आएको थिएँ । जितेर गएकाले जनताको अपेक्षा सुनेनन् । विद्रोह गरेर अहिले गठबन्धनबाट उम्मेदवार बन्दै तपाईको घर दैलोमा आएको छु । अब तपाईहरुले मलाई मत दिँदा यसरी पछुताउनु पर्नेछैन । म मत पाएपछि पनि तपाईसंग आइरहनेछु । तपाईहरुकै कुरा संसदमा राख्नेछु र समस्या समाधान गर्नेछु । चुनावमा मात्र आउने अरु बेला हराउने मान्छे म होइन । यहाँहरुले विश्वास गर्नुहोस्’ उनले भने ।


बरालले उत्पिडित, सुकुम्बासी र पछाडि परेका समुदायका साथै समग्ररुपमा विकास र समृद्धिकै लागि उम्मेदवार बनेको बताए । कास्की क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार आफूहरुले साझा प्रतिवद्धता नै जनाएको उनले सुनाए ।
 

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्