नक्कली सुन धितोमा राखेर बैंकलाई ठग्ने अभिषेक प्रकाउ
पाेखरा | कात्तिक २८, २०७९

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुन बैंकमा धितो राखेर विभिन्न बैंकबाट कर्जा निकाली ठगेको आरोपमा अभिषेक सुनारलाई प्रकाउ गरेको छ । पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारलाई पोखरा महानगरपालिका १८ सराङकोटबाट पक्राउ गरेको हो ।
कास्की प्रहरीका अनुसार सुनारले राष्ट्रिय वाणिज्य बैंक बिरौटाबाट १६ लाख ६० हजार र पृथ्वीचोक बैंकबाट ७ लाख ४५ हजार कर्जा लिएका थिए । कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारिएको खुल्न आएको थियो ।
प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो ।
हाल प्रकाउ परेका सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ ( एक्सटर्सन) सम्बन्धि मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशक...