को हुन राजीव पहारी ! यस्तो छ उनको राजनीतिक पृष्ठभूमिं

पाेखरा | कात्तिक २९, २०७९

को हुन राजीव पहारी ! यस्तो छ उनको राजनीतिक पृष्ठभूमिं

 

पोखरा: नेकपा एमालेका केन्द्रिय सदस्य, होनहार सृजनशिल युवा नेता । गणतान्त्रिक आन्दोलनका योद्धा मानिने पहारीको राजनीतिक यात्रा विद्यार्थी जिवनबाटै शुरु भएको हो । २०५८ सालमा देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति भएपछि उनको राजनीतिक यात्रा निकै क्रियाशिल बन्यो । स्ववियु सदस्य, उपाध्क्ष हुदै नेतृत्वमा पुगेका पहारी देशकै नमुना स्ववियु सभापति घोषित भए । स्ववियु सभापति रहँदा गणतन्त्र प्राप्तिका लागि पिएन क्याम्पसबाट देशैभर ५ लाख हस्ताक्षर संकलन अभियान सफल पारे ।


२०५६ सालमा जलेर ध्वस्त भएको पिएन क्याम्पस प्रशासनिक भवन पुनःनिर्माण कार्य, क्याम्पस क्याम्पसको आम्दानी बृद्धीका लागि ५१ सटर निर्माण, सबै शंकाय जोड्ने पिच बाटो निर्माण लगायतका कार्यमा उनको भूमिंका अहम रहयो । २०६० सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य, सचिवालय सदस्य तथा शैक्षिक विभाग प्रमुख बनेका पहारीले २०६२÷०६३ को ऐतिहाँसिक जनआन्दोलनमा पश्चिमाञ्चल क्षेत्रबाट युवा विद्यार्थी जनआन्दोलन परिचालन कमिटिको संयोजक बनेर अग्रपंत्तिमा रहँदै जनआन्दोलनको नेतृत्व गरे ।


उनको राजनीतिक यात्रा झाँगिदै गर्दा उनले देशकै युवाहरुको ससक्त समुह युवा संघको नेतृत्व कुशल ढंगले सम्हालिसकेका छन् । भारतिय नाकाबन्दिदेखि चर्को मुल्य बृद्धि विरुद्धको आन्दोलनमा उनको स्वर बुलन्द बन्यो । तराईमा भड्किएको बिखण्डनकारी घटनामा सामाजिक सद्भाव कायम गर्न पहारीले अभियाननै छेंडे । र घटनालाई साम्य पार्न महत्वपूर्ण भूमिंका निर्वाह गरे । ७२ को विनाशकारी महाभूकम्पबाट क्षति भएका सिन्धुपाल्चोकका ५० विद्यालयको पुनःनिर्माण कार्यमा उनले पु¥याएको योगदान सम्झन लायक थियो ।


२०६६ देखि ०६८ सम्म नेकपा एमाले क्षेत्र नम्बर ३ को अध्यक्ष भई काम गरेका पहारीले त्यस अघि नेकपा एमाले कास्की सचिवालय सदस्य, विद्यार्थी फाँट प्रमुख तथा प्रचार विभाग प्रमुख रहि जिम्मेवारी सम्हाले । पहारीले अमेरिका, क्यानडा, जापान लगायत विभिन्न ५५ भन्दा बढि देशको विकासको अनुभव बटुलेका छन् ।


पार्टीका लागि यति धेरै योगदान पुर्याएका पहारीलाई २०७४ को संघिय निर्वाचनमा पार्टीले कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा उम्मेदवारको रुपमा अगाडी सा¥यो । जनताको मन जितिसकेका पहारीलाई चुनाव जित्न त्यहि गाह्रो थिएन । उनी अत्याधिक मतका साथ विजयी भए । र यो पाँच वर्षे कार्यकालमा आफ्नों क्षेत्रमा विकासे लहर ल्याए ।


पहारीको पहलमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा घाँटीछिना, नयाँबस्तिमा हर्पन चेक ड्याम बन्यो । अन्नपूर्ण गाउँपालिका १, नागडाँडामा अत्याधिक वर्षाका कारण पैह्रोले गाउँनै जोखिममा परेका बेला पहारीले बस्ति संरक्षणका लागि गरेको कार्य प्रशंसनिय छ । त्यस्तै पामे, ठूलाखेत, फुस्रेखोलामा पक्कि पुल निर्माणकार्य सम्पन्न भए । पर्यटकिय लेकसाइड जोडने मुख्य सडक शहिदचोकदेखि, हल्लनेचोकहँदै गैह्रा चौतारा तथा उत्तरतर्फ जिरो किमीसम्म उनको कार्यकालमा अस्फाल्ट पिच बन्यो । त्यस्तै, फेवातालको किनार स्विमिङपुलघाटदेखि गैह्राचौतारासम्म फुटट्रयाक निर्माण कार्य पनि सम्पन्न भयो ।


पहारीले आफ्नों क्षेत्रमा पर्ने थुप्रै सरकारी विद्यालयहरुमा युरो गार्ड जडान गरे । कहिले न्यानो कपडा वितरण त कहिले स्यानिटरी प्याड, शैक्षिक सामग्री वितरणमा सक्रिय बने । कोरोना महामारीमा पनि उनी घर बसेनन् । स्वास्थ्य सामग्री लिएर गाउँ गाउँ पुगे । कोरोनाका कारण लकडाउनले आक्रान्तमा परेका जनताको घर घरमा खाद्य सामग्री पुर्याए ।


लौरुकमा खानेपानीको ठूलो अभाव छ । कास्कीकोटमा पनि खानेपानीको हाहाकारनै थियो । चुनाव जितेपछि पहारी खानेपानी पाइप लिएर गाउँ पुगे । घरघरै पानी पु¥याउने भन्दै लौरुकमा खानेपानी लिफ्टीङ योजना अघि सारे । बजेट पनि पर्याे । धमाधम काम भइरहेको थियो । तर दुर्भाग्य, पुरा अवधि काम गर्न नपाउँदै सरकार ढल्यो । काम पनि विचैमा रोखियो । जनताको घरघरमा पानी पुर्याएरै छाड्ने अठोट लिएका पहारी फेरी यहि क्षेत्रको चुनावमा होमिएका छन्, जनतासंग बाँडेका अधुरा सपना साकार पार्ने अठोटका साथ ।


प्रतिपक्षमा रहँदा सत्तापक्षका लागि तिखो काँडा बनेका पहारी जनताको आवाज बोल्न कहिल्यै पछि परेनन् । जनजिविकाका सन्दर्भमा जहिले पनि उनले संसदमा चर्को आवाज उठाए । गण्डकी प्रदेशकै विकासको संवाहक राजीव पहारी फेरी पनि यसै क्षेत्रको सांसद बन्न चुनावी होडमा मैदान उत्रिएका छन् । ‘आजको दिनसम्म लगभग मेरो क्षेत्रका सबै जनतासंग प्रत्यक्ष सात्क्षात्कार गरिसकेको छु, धेरैबाट सकारात्म प्रतिक्रिया पाएको छु, यसबाट मलाई फेरी यहि क्षेत्रमा फर्किएर काम गर्न ठूलो हौसला मिलेको छ’–पहारीले भनेका छन् ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्