धनगढी मेयरमा स्वतन्त्रको जीत, उपमेयरमा एमालेकी राना विजयी

काठमाडाैं | जेठ ८, २०७९

धनगढी मेयरमा स्वतन्त्रको जीत, उपमेयरमा एमालेकी राना विजयी

कैलाली- सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । हमाल १२ हजार बढी मतले निर्वाचित हुनुभएको हो ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रमुखमा नेकपा (एमाले)का रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गर्नुभएको छ ।

 

उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार कन्दकला राना निर्वाचित हुनुभएको छ । उहाँले १५ हजार ४७९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभएको छ ।

 

उप्रमुखका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले छ हजार ६०९ मत प्राप्त गर्नुभएको छ । ९३ हजार १५१ मतदाता रहेको उपमहानगरपालिकामा ६३ हजार ६४७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । समाजले नैतिक मूल्यमान्यता र सदाचारको खोजी गरेको उहाँको ...

थप पढ्नुहोस्

पोखराः   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ ।  टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखर...

थप पढ्नुहोस्

पोखरा:  पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगितामा आज फाइनल समिकरणको खेलहरु सम्पन्न भएका छन् ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷...

थप पढ्नुहोस्