‘दलालहरु होशियार’ भन्दै पोखरामा विप्लव माओवादीद्वारा निर्वाचन विरुद्ध प्रदर्शन
कास्की | कात्तिक ३०, २०७९
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मंसिर ४ गते हुने निर्वाचन खारेजीको माग गरेको छ ।
निर्वाचन बहिष्कार गर्ने निर्णयपछि पोखराको पृथ्वीचोकमा विरोध सभा आयोजना गर्दै चुनावमा भाग लिने दलहरुलाई दलालको संज्ञा दिएको छ ।
‘संसदीय दलालहरु होशियार’लगायतका नारा लगाउँदै पार्टीका प्रवक्ता खड्गबहादुुर विश्वकर्मा (प्रकाण्ड)ले चुनावले अपराधीको जत्था जन्माउने बताएका छन् ।
सभापूर्व माओवादीको जुलुसले विभिन्न नारासहित नगर परिक्रमा गरेको थियो ।
अहिले विरोध सभा जारी छ ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

