अमेरिका जाने नेपाली विद्यार्थी संख्या ५.६ प्रतिशतले बढे
काठमाडाैं | कात्तिक ३०, २०७९
काठमाडौं: अमेरिकामा यो वर्ष नेपाली विद्यार्थी ५.६ प्रतिशतले बढेको छ । सन् २०२१र२२ मा अमेरिकामा ११ हजार ७७९ नेपाली विद्यार्थी अध्ययनरत रहेको अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक संस्थानले ओपन डोर्सको रिपोर्टले जनाएको छ ।
रिपोर्ट अनुसार यो अघिल्लो वर्षका तुलनामा ५.६ प्रतिशतको वृद्धि हो । कोभिड–१९ महामारीको प्रभाव मत्थर भएसँगै अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा बृद्धि भएको देखाएको छ । यो वृद्धि प्रतिशतसँगै अमेरिकामा धेरै विद्यार्थी पठाउने मुलुकमध्ये नेपाल १२औं स्थानमा परेको छ।
अमेरिकामा संसारभरिका २ सय देशका ९ लाख ४८ हजार विद्यार्थी अध्ययनरत मध्ये १.२४ प्रतिशत विद्यार्थी नेपाली छन्। अमेरिकाका विश्वविद्यालय र शैक्षिक संस्थामा भर्ना भएकामध्ये ९० प्रतिशतले भौतिक उपस्थितिमै कक्षा लिइरहेको प्रतिवेदनले जनाएको छ।
सबैभन्दा धेरै अमेरिकामा चीनका २ लाख ९० हजार विद्यार्थी अध्ययनरत छन्। त्यसपछि भारतका १ लाख ९९ हजार, दक्षिण कोरियाका ४१ हजार, क्यानडाका २७ हजार तथा भियतनामका २१ हजार विद्यार्थी अध्ययनरत छन्। अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर बराबरको लाभ पाएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

