११ हजार २ सय नम्बर टिकटबाहकले विश्वकप हेर्न पाउने
काठमाडाैं | मंसिर १, २०७९
काठमाडौं: बुधबार नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल हेर्ने एकजना टिकटबाहकले विश्वकप हेर्ने अवसर पाएका छन् ।
हिजो (बुधबार) भएको खेलमा करिव ७ हजार दर्शक उपस्थित रहेकोमा ४ हजार ९०० टिकट विक्री भएको थियो ।
विक्री टिकट मध्येबाट विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा लक्की ड्र गर्दा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने अवसर ११२०० नम्बरका टिकटबाहकले पाउने भएका हुन् ।
विश्वकपको समूह जी मा रहेका ब्राजिल र क्यामरुनबीचको खेल मंसिर १६ गते हुनेछ ।
एन्फा प्रवक्ता सुरेश शाहले लक्की ट्रका विजेतालाई एन्फामा सम्पर्क गर्न आग्रह गरेका छन् । नेपाल पाकिस्तान मैत्रीपूर्ण फुटबलको टिकेटिङ अधिकार फुटसल भिलेज नेपालले पाएको थियो । रंगशालामा दर्शक आकर्षित गर्न उसैले विजेतालाई विश्वकप टिकटको स्किम ल्याएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

