पाल्पा अपडेटः १० स्थानीय तहमा एमाले, कांग्रेस ३ र माओवादी १ स्थानमा विजयी

काठमाडाैं | जेठ ९, २०७९

पाल्पा अपडेटः १० स्थानीय तहमा एमाले, कांग्रेस ३ र माओवादी १ स्थानमा विजयी

पाल्पा, पाल्पाको १० वटा पालिकामध्ये ६ वटा पालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले) पहिलो दल बनेको छ ।

 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारले बगनासकाली, रम्भा, पूर्वखोला, निस्दी, माथागढी र तिनाउ गाउँपालिकाको अध्यक्ष जितेको हो । तिनाउ गाउँपालिकामा भने उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।

 

२०७४ सालको निर्वाचनमा एमालेले पाल्पाको छ वटा पालिका जितेको थियो । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले पहिले जितेको रिब्दीकोट गुमाएको छ भने पहिले कांग्रेसले जितेको माथागढीमा एमालेका उम्मेदवार विजयी भएको छ । पाल्पामा एमालेले अध्यक्ष र उपाध्यक्षको सङ्ख्या ११ पु-याएको छ । 

 

यस्तै, कांग्रेसले जिल्लाका दुई नगरपालिकासहित तीन पालिकामा आफ्नो उम्मेदवारलाई जिताएको छ । कांग्रेसले जिल्ला सदरमुकाम तानसेन, रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा आफ्नो उम्मेदवारलाई विजयी बनाएको छ ।

 

रामपुर नगरपालिकामाबाहेक तानसेन र रैनादेवी छहरामा गठबन्धनमा आबद्ध दल माओवादीसँग तालमेल गरेर कांग्रेसका उम्मेदवार विजयी बनेका हुन् । तानसेनको उपप्रमुख र रैनादेवी छहराको उपाध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

 

२०७४ सालको निर्वाचनमा एउटा पालिकामा पनि प्रमुख पद जित्न नसकेको माओवादीले यसपटक रिब्दीकोट गाउँपालिकामा अध्यक्ष जितेको छ । माओवादी र कांग्रेसको गठबन्धनबाट रिब्दीकोटमा माओवादीले अध्यक्ष र कांग्रेसका उम्मेदवारले उपाध्यक्ष पदमा जितेको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्लाका ८१ वटा वडामा एमालेले ४१, कांग्रेसले ३६, माओवादीले तीन र राष्ट्रिय जनमोर्चाले एक अध्यक्षसहितको पद जितेको छ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्