टिकट नपाएको झोकमा अरु पार्टी रोज्दिनः खड्का
पाेखरा | मंसिर १, २०७९

पोखराः गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रीबाट हटाइएका कुमार खड्काले पार्टीले टिकट नदिएपनि नेपाली कांग्रेस नछोड्ने बताएका छन् ।
आज (बिहिबार) पोखरामा पत्रकार सम्मेलन गर्दै उनले पार्टी नछोड्ने बताएका हुन् । ‘पार्टीको क्रियाशिल सदस्यता लिएर प्रवास गएका साथीहरुले वडा अध्यक्षको टिकट पाएका छैनन्, ‘नेपाली कांग्रेसले एउटा कार्यकर्तालाई ठुलो गुण लगाएको छ, उनले भने, ‘प्रदेशसभाको सदस्य बनायो । लेखासमितिको संयोजक बनायो । प्रदेशको मन्त्रीको बनायो टिकट नपाएपनि अरु पार्टी प्रवेश गर्दिन । र गठबन्धनका नेता जिताउन लागि पर्छु ।’
आयोगले जारी गरेका आचासंहिता विपरित चुनावी सभा उपस्थित हुन नसकेको पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री खड्काले स्पष्ट पारे ।
‘जनताको सेवामा खटिन्छु भनेर कसम खाएको छु । निर्वाचन आयोगले मंसिर ४ गतेसम्म आचारसंहिता विपरित पार्टीको कार्यक्रममा उपस्थित नहुन आचारसंहिता जारी गरेको छ, खड्काले भने, ‘ त्यसकारण आचारसंहिता विपरित गठबन्धनको कार्यक्रममा उपस्थित नभएको हो । उम्मेदवारलाई असहयोग गरेको आरोप निराधार हो ।’
उनले निर्वाचन आयोगमा गठबन्धनको कार्यक्रममा उपस्थित हुन पत्र लेखेका थिए । तर उक्त पत्रमा मिति, समय, स्थान तथा कार्यक्रमको विस्तृत जानकारी नखुलेको बताउदै आयोगले अनुमति दिएको थिएन ।
सोही कारण खड्का गठबन्धनको कुनै पनि कार्यक्रममा सहभागि हुन नसकको सुनाए । यद्यपी अब पदमुक्त भएपछि भने गठबन्धनको उम्मेदवारलाई सहयोग गर्ने जनाएका थिए ।
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...