एमालेका गण्डकी नेता विप्लव माओवादीमा, उतैबाट आए उतै गए

कास्की | मंसिर २, २०७९

एमालेका गण्डकी नेता विप्लव माओवादीमा, उतैबाट आए उतै गए

कास्की: नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य सन्तोष परियार विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् । 

 

माओवादीको बुधबार पोखरामा आयोजित निर्वाचन बहिष्कार सभामा परियार विप्लव माओवादीमा प्रवेश गरेका हुन् । यसअघि परियार माओवादी परित्याग गरी एमालेमा आएका थिए । 

 

माओवादी अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’सँगै परियार पनि सार्वजनिक भएका थिए । त्यसको केही समयपछि एमालेमा प्रवेश गरेको एक एमाले नेताले जानकारी दिए । 

 

‘उहाँ राजनीतिमा फड्को मार्न चाहिरहनु भएको थियो, प्रदेश सदस्यमा रहेर सक्रिय हुन सकिरहनु भएको थिएन’ उनले भने ‘सन्तोषजी उतै (विप्लव)बाट आउनु भएको हो, उतै जानुभयो ।’

 

उनका अनुसार महत्वकांक्षी स्वभावका परियार पछिल्लो समय सचिवालयमा निष्क्रिय रहेका थिए । 

 

माओवादी प्रवेश गरेपछि परियारले सभामा धारणा राख्दै एमालेले भूमिहीन, निम्न वर्ग र श्रमिकको पक्षमा केही काम नगरेपछि माओवादीमा प्रवेश गरेको बताए ।

 

परियारलाई माओवादीमा कस्तो पद, स्थान दिइन्छ भन्ने सन्दर्भमा हाल कुनै निर्णयमा नपुगेको माओवादी जिल्ला समितिले जनाएको छ । 

 

जिल्ला समितिका कास्की सचिव काजी गुरुङले भने, ‘सन्तोषजी पार्टीको विचार र सिद्धान्त स्वीकारेर आउनु भएको हो, के–कस्तो पद वा जिम्मेवारी दिने हो पार्टीले पछि निर्णय गर्छ ।’

 

परियार अन्नपूण गाउँपालिका, दाङसिङ निवासी हुन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्