एक सय मतदाता पनि छैनन् यी चार मतदान केन्द्रमा

मनाङ | मंसिर ३, २०७९

एक सय मतदाता पनि छैनन् यी चार मतदान केन्द्रमा चामे गाउँपालिकास्थित गौरीशंकर आधारभुत विद्यालय तिमाङमा मुख्य निर्वाचन अधिकृतलगायतका टोली ।

मनाङः   हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन् । यीमध्ये पनि मनाङका चार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता रहेका छन् ।


नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मतदान केन्द्र गाभ्दा मतदातालाई मतदान केन्द्रसम्म पुग्न समस्या हुने भएकाले मतदाता कम भए पनि कायमै राखिएको उहाँको भनाइ छ । 


चामे-५ स्थित वडा कार्यालय भवन केन्द्रमा ९६ मतदाता छन् । शर्माका अनुसार नार्पाभूमि-१ नारगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा ९६, फु आधारभूत विद्यालय मतदान केन्द्रमा ७८ र नार्पाभूमि(५ फुगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा सबैभन्दा कम ७१ मतदाता छन् । 


मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार ६ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार ६ सय ४७ मतदाता छन् । 


एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ६ हजार सात सय ७९ मतदाता छन् । जसमा प्रदेशसभा १ मादुई हजार छ सय २४ मतदाता र प्रदेशसभा २ मा चार हजार एक सय ५५ मतदाता छन् ।

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

थप पढ्नुहोस्

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

थप पढ्नुहोस्