७० कटेका २० उम्मेदवार चुनावी मैदानमा

काठमाडाैं | मंसिर ४, २०७९

७० कटेका २० उम्मेदवार चुनावी मैदानमा

काठमाडौं:  अहिले भइरहेको चुनावमा प्रतिनिधि सभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।


चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरु धेरै युवा छन् । तर पुराना र प्रमुख दलबाट भने ४० वर्ष कटेका उम्मेदवारको संख्या ठूलो छ ।


त्यसमध्ये पार्टी प्रमुख र शीर्ष नेताहरु भने ७० वर्ष कटेर पनि चुनावी मैदानमा छन् ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७० वर्ष कटेका उम्मेदवारमा पर्छन् ।


मुख्य दलमा ७० वर्ष कटेको धेरै उम्मेदवार कांग्रेसका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा।शेखर कोइराला, डा।नारायण खड्का, अर्जुननरसिंह केसी लगाायत सात जना उम्मेदवार ७० वर्ष कटेका छन् ।


एमालेमा ओलीसहित तीन जना उम्मेदवार ७० वर्ष कटेका छन् । पार्टी प्रवेश गराएर उम्मेदवार बनाइएका जालिम मिया र मंगलप्रसाद गुप्ता ७० भन्दा माथिका नेता हुन् । अरु एमाले उम्मेदवार ७० वर्ष मुनिका छन् ।


माओवादी केन्द्रबाट भने कोही पनि उम्मेदवार ७० वर्ष कटेका छैनन् । तर माओवादी केन्द्रको चुनाव चिन्हबाट भाग लिएका महिन्द्रराय यादव ८५ वर्ष पुगेका छन् । जसपाका तीन र लोसपाका चार उम्मेदवार ७० वर्ष माथिका छन् ।


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । यो चुनावमा सवैभन्दा जेष्ठ उम्मेदवार भने नेपाली कांग्रेस (वीपी) ले उठाएको छ । गोरखा–२ बाट उम्मेदवार बनेका टीकादत्त पोखरेल ९९ वर्ष कटेका छन् ।


नेपाली कांग्रेस

कृष्णप्रसाद सिटौला (७२) झापा–३
डा।शेखर कोइराला (७२) मोरङ–६
डा।नारायण खड्का (७३) उदयपुर–१
पद्यनारायण चौधरी (७४) सिरहा–१
अर्जुननरसिंह केसी (७५) नुवाकोट–२
रामचन्द्र पौडेल (७८) तनहुँ–१
शेरबहादुर देउवा (७८)डडेलधुरा


एमाले

केपी शर्मा ओली (७०) झापा–५
जालिम मिया (७५) पर्सा–४
मंगलप्रसाद गुप्ता (७७) कपिलवस्तु–३


माओवादी केन्द्र

महिन्द्रराय यादव (८५) सर्लाही–२


नेकपा एकीकृत समाजवादी

झलनाथ खनाल (७२) इलाम–१


जसपा

राधा थापा (७०) झापा–१
बीरबहादुर राई (७०) झापा–३
नबलकिशोर साह (७३) सप्तरी–१
आनन्द यादव (७३) धनुषा–२


लोसपा

महन्थ ठाकुर (८०) महोत्तरी–३
लक्ष्मणलाल कर्ण (७५) पर्सा–१
सर्वेन्द्रनाथ शुक्ल (७२) रुपन्देही–४


जनमोर्चा

चित्रबहादुर केसी (८०) बाग्लुङ–१

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्