अर्थमन्त्री शर्माद्वारा मतदान

काठमाडाैं | मंसिर ४, २०७९

अर्थमन्त्री शर्माद्वारा मतदान

काठमाडौं:   प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका आज आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि शुरु भएको हो ।


यसैक्रममा अर्थमन्त्री जनार्दन शर्माले आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिममा उम्मेदवार हुनुहुन्छ ।


नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आर्दश मावि क मतदान गर्नुभयो । सोही पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पा नगरपालिका लिवाङ–१ को वामरुपकस्थित तारा मावि रोल्पामा आज बिहान ७ः३० मा मतदान गर्नुभयो ।  


सोही पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ स्थित बागेश्वर आधारभूत विद्यालयमा मतदान गर्नुभएको छ । सोही पार्टीका उपमहासचिव वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रमा मतदान गर्नुभयो । उहाँ रोल्पाबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।


नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नं १ को राप्ती–५ भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँ चितवन क्षेत्र नं १ मा एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ । सोही पार्टीका सचिव योगेश भट्टराईले मैवाखोला गाँउपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा पहिलो मतदान गर्नुभयो । उहाँ ताप्लेजुङमा एमालेका उम्मेदवार हुनुहुन्छ ।


नेकपा (समाजवादीका सचिव रामकुमारी झाक्रीले गुल्मीको मदाने गाँउपालिका–४ म्यालपोखरीको मेहलपोखरी मावि मतदान केन्द्रमा ले मतदान गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनको समर्थन रहेको स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले आज बिहान तिलोत्तमा नगरपालिका–९ को गौतमबुद्ध आधारभूत विद्यालयमा मतदान गर्नुभयो । उहाँ रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । 

काठमाडौं:   नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

थप पढ्नुहोस्

काठमाडौं: हाल देशभर मनसुनको प्रभाव रहेको तथा  मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थ...

थप पढ्नुहोस्