माछापुच्छ्रे ८: वडाध्यक्ष गुरुङको पहिलो काम ‘वडाबाटै भत्ता वितरण’
कास्की | जेठ ११, २०७९
कास्की: माछापुच्छ्रे गाउँपालिका ८ का नवनिर्वाचित वडाध्यक्ष राम गुरुङले पदभार ग्रहण गरेसँगै आफ्ना कार्य योजना अघि सारेका छन् । उनले सोमबार पदभार ग्रहण गर्दै सबैभन्दा पहिले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वडाबाटै प्रदान गर्ने निर्णय गरेका हुन्।
सामाजिक सुरक्षा अन्तर्गतको ज्येष्ठ नागरिक भत्ता यसअघि मुक्तिनाथ वैंक हेम्जा शाखा मार्फत प्रदान गरिदै आइएको थियो ।
वृद्धाहरुलाई आवतजावतमा समस्या र झन्झटलाई मध्यनजर गर्दै वडाबाटै प्रदान गर्ने व्यवस्था मिलाउने अध्यक्ष गुरुङले दोहोर्याए । ‘वृद्ध, वृद्धाहरु चर्काे टन्टलापुर घाममा हेम्जाको मुक्तिनाथ शाखामा लाइन बसेको देखेपछि दुख लाग्यो, उनले भने, ‘त्यसैले सबैभन्दा पहिला यही वडाबाटै भत्ता प्रदान गर्ने पहिलो बैठकबाट निर्णय गरेका छौ । अब उहाँहरु भत्ताको लागि घाममा लाइन बस्नुपर्ने छैन ।’
अध्यक्ष गुरुङले आफुले गरेका प्रतिवद्धताहरुलाई शतप्रतिशत कार्यान्वयन गर्ने बताउदै नागरिकलाई सर्वसुलभ र नागरिकमैत्री सेवा प्रवाह गर्ने बताए ।
‘हाम्रो वडाबासीले अब सिंहदरबार घरघरमा आएको महसुस गर्नुहुनेछ, उनले भने, ‘हामीले स्थानीय नागरिकलाई सहज रुपमा वडाबाट पाउने सबै सेवाहरु उपलब्ध गराउनेछौं । हामी जुनसुकै पार्टीबाट निर्वाचित भएपनि अब नागरिकको सेवक हौं । हामी उहाँहरुकै काममा समर्पित हुनेछौं ।’
स्थानीय निर्वाचन २०७४ मा नेकपा एमालेका कृष्ण दवाडीसँग हार व्यहोरेका गुरुङले यसपटक दवाडीलाई १ सय ३० मतले पराजित गरेका थिए । नवनिर्वाचित अध्यक्ष गुरुङ युवा पर्यटन व्यवसायी समेत हुन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

