सवारी दुर्घटनामा सञ्चारकर्मी विश्वकर्माको निधन
चितवन | मंसिर ६, २०७९
चितवनः सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ४ ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो । माइक्रोको अगाडि भाग ट्रकको पछाडि भागमा ठोक्किएर कुच्चिएपछि घाइते विश्वकर्माको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाइएको छ ।
३५ वर्षीय विश्वकर्मा सञ्चारकर्मीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जनवर्गीय सङ्गठन जात व्यवस्था उन्मूलन मोर्चाका संयोजक हुनुहुन्थ्यो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

