काठमाडौं ८ मा हाम्रो नेपाली पार्टीका शैलेन्द्र निर्वाचित
काठमाडाैं | मंसिर ६, २०७९
काठमाडौँ: प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) मा लौरो चिन्ह लिएर चुनावमा उत्रनुभएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ । उहाँले पाँचहजार ४६२ मत लिनुभएको छ । निर्वाचन कार्यालयद्वारा उहाँ औपचारिक रूपमा विजयी हुन बाँकी छ ।
यस्तै, नेपाली काँग्रेसका उम्मेदवारले तीनहजार ६७०, सूर्य चिन्हका नेकपा (एमाले) का उम्मेदवारले तीनहजार ८१० र हलो चिन्ह भएको राप्रपाका उम्मेदवारले दुईहजार ९५५ मत प्राप्त गर्नुभएको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

