ट्रयाक्टर दुर्घटनामा २ मलामीको मृत्यु
अछाम | जेठ ११, २०७९
अछाम: अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर १ कुईकामा तपेन्द्र धमाला र अमरनाथ धमालाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्र्याक्टर ट्रलीको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा ट्र्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

