सुनसरीका तीन निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता कायम

सुनसरी | मंसिर ६, २०७९

सुनसरीका तीन निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता कायम

काठमाडौं:    सुनसरीका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले ९७३ मतसहित सुरुवाती अग्रता कायम गरेकी छिन् ।


उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राई ९५१ मतसहित दोस्रो स्थानमा छन् । एमालेबाट बागी उम्मेदवार बनेका मनोजकुमार मेयाङ्गो ९१० मतसहित तेस्रो स्थानमा रहँदा एमाले गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई चौथो स्थानमा छन् ।


सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा ७४६ मतसहित पाँचौं स्थानमा पुगेका छन् ।


सुनसरी क्षेत्र नम्बर २ मा रास्वपाकै लालविक्रम थापा ८९४ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका सिताराम महतो ७०५ मतसहित दोस्रो स्थानमा छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।


तेस्रो स्थानमा रहेका नेकपा एमालेका भीमप्रसाद आचार्य ६२६ मतसहित तेस्रो स्थानमा छन् ।


त्यस्तै, सुनसरी ३ मा कमलबाबु मैनाली ८२९ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेकी भगवती चौधरी ७३४ मतसहित दोस्रो स्थानमा रहँदा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विजय कुमार गच्छदार ५३६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


सुनसरी ४ मा भने रास्वपाका जीवनकुमार श्रेष्ठ ५५३ मतसहित तेस्रो स्थानमा छन् । त्यहाँ नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १ हजार ७९८ मतसहित अग्रता कायम गर्दा नेकपा एमालेका जगदिश प्रसाद कुसियैत १ हजार ६९२ मतसहित दोस्रो स्थानमा छन् ।

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

थप पढ्नुहोस्

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

थप पढ्नुहोस्