समानुपातिकतर्फ ८४ हजार मतकासाथ एमाले पहिलो, नवौं स्थानमा नेकपा (एस)
पाेखरा | मंसिर ६, २०७९
आमनिर्वाचनको हालसम्म प्राप्त मतगणना अनुसार समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा रहेको छ ।
एमालेले ८४ हजार ८१५ मत पाएको छ ।
त्यस्तै, ७१ हजार ५२५ मत ल्याउँदै नेपाली कांग्रेस र ३६ हजार १०९ मतकासाथ राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
नेकपा माओवादी केन्द्रको ३२ हजार ७२५ रहेको छ भने पाँचौ स्थानमा २० हजार ५४ मतकासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ ।
यसैगरी, जनता समाजवादी पार्टीले हालसम्म ५ हजार ६५५ मत ल्याएर छैठौं स्थानमा रहँदा नेपाल मजदुर किसान पार्टीले ४ हजार ५०७ मतकासाथ सातौं स्थान ओगटेको छ ।
समानुपातिकको रोजाइमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । पार्टीले ३ हजार ७७६ मत प्राप्त गरेको छ ।
यसैबीच, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ४४५ मत ल्याएर नवौं स्थानमा रहेको छ ।
मतगणना जारी छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

