अछाम–१ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी

अछाम | मंसिर ७, २०७९

अछाम–१ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी

 

अछामः   अछाम क्षेत्र नं १ मा  लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी हुनुभएको छ ।
 

नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।


अछाम क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत प्राप्त गर्नुभएको छ ।


प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै  प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४१ हजार तीन सय ९२ मतगणना हुँदा एक हजार नौ सय ७७ मत बदर भएका थिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्