झलनाथ खनालको क्षेत्रमा १४ घण्टादेखि मतगणना स्थगित
इलाम | मंसिर ७, २०७९
इलाम: इलाममा क्षेत्र नम्बर १ मा १४ घण्टादेखि मतगणना रोकिएको छ । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको यो क्षेत्रमा मतगणना रोकिएको हो ।
कर्मचारीले जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिस्कार गरेपछि गएराति करिब ८ बजेदेखि मतगणना रोकिएको हो । विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।
यो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले खनाललाई पछि पारेका छन् । बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

