पहिले एमाले र अहिले जनताले स्वीकारेः गणेशमान

कास्की | मंसिर ७, २०७९

पहिले एमाले र अहिले जनताले स्वीकारेः गणेशमान

प्रदेशसभा निर्वाचनतर्फ कास्की ३ को (१) बाट निर्वाचित भएपछि नेकपा एमालेका विजयी उम्मेदवार गणेशमान गुरुङले सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । 

 

विजय भएपछि आयोजित ¥यालीपूर्व सुनगाभा न्यूजसँग कुरा गर्दै गुरुङले पहिले नेकपा एमालेले स्वीकारेको र निर्वाचनमा जनताले त्यसलाई अनुमोदन गरेको बताए । 

 

जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका गुरुङले पार्टीले आफुप्रति विश्वास गरेको र त्यसलाई जीतमा बदलेको उल्लेख गरे । ‘पहिले एमालेले विश्वास गरेर टिकट दियो, अहिले जनताले विश्वास गरे’ उनले भने, ‘यो जीत केवल गणेशमान र एमालेकोमात्र हैन यस क्षेत्रमा रहनुभएका सबैको हो ।’
 

 

कुराकानीकाक्रममा गुरुङ्ले यस क्षेत्रको समृद्धि र सम्वद्र्धनमा कटिबद्ध भएर लाग्ने प्रण गरेको बताउँदै भोट दिने जनतालाई पछुतो हुन नदिने धारणा राखे । 
 

 

गुरुङ्ले नेकपा माओवादी केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डरीलाई पराजित गरेका हुन् । गुरुङले  १४ हजार ४७३ मतकासाथ विजयी हुँदा भण्डारीले ९ हजार ६६२ मत प्राप्त गरेका छन् । 

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

थप पढ्नुहोस्

पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् ।   पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

थप पढ्नुहोस्