कास्की १ (क) को मतगणना रुपा गाउँपालिकाबाट सुरु
पाेखरा | मंसिर ७, २०७९
कास्की: कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) को मतगणना सुरु भएको छ । प्रदेश सभातर्फ कास्की क्षेत्र नम्बर १ (ख) को मतगणना सकिएसँगै रुपा गाउँपालिकाबाट १ (क) को मतगणना सुरु गरिएको हो ।
भर्खरै सम्पन्न प्रदेश सभा सदस्य तर्फ १ (ख) मा कांग्रेसका दीपक माइला गुरुङलाई पराजित गर्दै नेकपा एमालेका बेद बहादुर गुरुङ निर्वाचित भए । उनले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा दीपकले ११ हजार ७ सय ९४ मत पाएका थिए ।
प्रतिनिधि तर्फको मतगणना भने जारी छ ।
प्रदेश सभा सदस्यतर्फ १ (क) मा नेकपा एमालेका खगराज अधिकारी र नेकपा माओवादीका दीपक कोइराला प्रतिस्पर्धामा छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

