मुल्य वृद्विको विरोधमा उत्रिएका एमाले निकट ६ कार्यकर्ता पक्राउ

पाल्पा | जेठ १२, २०७९

मुल्य वृद्विको विरोधमा उत्रिएका एमाले निकट ६ कार्यकर्ता पक्राउ

पाल्पा:   पेट्रोलियम पदार्थको मुल्य वृद्विको विरोधमा उत्रिएका एमाले निकट विद्यार्थी तथा युवा संगठनका ६ जना कार्यकर्तालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।

 

तानसेन नगरपालिका स्थित आन्दोलन चोकमा चक्का जाम गर्न खोज्ने युवा र विद्यार्थी संगठनका ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।

 

उनका अनुसार पक्राउ पर्नेमा युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, तानसेन नगर अध्यक्ष राजेश भट्टराई, अनेरास्वयवियुका जिल्ला अध्यक्ष हिरा कुल कुवँर, युवा संघका जिल्ला सदस्य कृष्ण बस्याल र शिशिर बस्याल रहेका छन् ।

 

पक्राउ परेका उनीहरुले सवारीसाधन आवतजावतमा अवरुद्ध गर्न लागेका थिए ।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्