सिरहा ४ मा पूर्वमन्त्री पासवानलाई पराजित गर्दै जनमतका साह निर्वाचित
सिरहा | मंसिर ८, २०७९
सिरहा: कम्युनिष्टको किल्ला मानिने सिरहा क्षेत्र नम्बर ४ को प्रदेशसभा १ मा जनमत पार्टीका उम्मेदवार त्रिभुवन साह निर्वाचित भएका छन् । साहले पूर्वमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका महेन्द्र पासवानलाई पराजित गरे ।
उनले ८ हजार २२९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी पासवानले ७ हजार ८३ मत ल्याए । नेकपा एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।
२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका दिलीप साह विजयी भएका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

