लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा राष्ट्रपतिको सन्देश
काठमाडाैं | मंसिर ९, २०७९

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा लैङ्गिक हिंसाविरूद्ध ऐक्यबद्धतासहित सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस ९नोभेम्बर २५० तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
सन्देशमा भनिएको छ, “आजको यस महत्वपूर्ण घडीमा लैङ्गिक हिंसाविरूद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गर्दछु ।”
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गनुपर्ने र महिलालाई आर्थिकरूपले आत्मनिर्भर बनाउँदै महिला र पुरूषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्नसके मात्र महिलाविरुद्ध हुने हिंसा निर्मूल गर्न सकिने सन्देशमा उल्लेख छ ।
“महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील सरकारी निकाय, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु”, सन्देशमा भनिएको छ ।
“नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । सोअनुरूप नेपालको राजनीति, प्रशासन र अन्य सार्वजनिक क्षेत्रमा समेत महिलाको सहभागितामा उल्लेख्य वृद्धि भएको छ । तथापि, हाम्रो समाजमा विद्यमान सामाजिक–सांस्कृतिक पछौटेपनका कारण बालविवाह, बहुविवाह, दाइजो तथा तिलक प्रथा, छाउपडी, बोक्सीको आरोपलगायत महिलाद्वेषी प्रथाका साथै यौन दुव्र्यवहार, घरेलु हिंसा, महिला बेचबिखन र बलात्कार र हत्याजस्ता जघन्य हिंसा आजको युगमा समेत कायम रहनु सभ्य समाजका लागि कलङ्कको विषय हो”, सन्देशमा भनिएको छ । राष्ट्रपति भण्डारीले समाजमा विद्यमान यस प्रकारका विकृति र विसङ्गतिका विरुद्ध परिवार र समुदायस्तरमा व्यापकरूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । यस अभियानलाई नेपालमा पनि ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसाविरूद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिँदैछ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...