काभ्रे-२ मा बाँस्कोटा निर्वाचित

काभ्रेपलाञ्चोक | मंसिर ९, २०७९

काभ्रे-२ मा बाँस्कोटा निर्वाचित

काभ्रेः   काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ । 


बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार  शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी हुनुभएको हो । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्नुभएको छ भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ । 

    
यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ ले मतदान गरेको थिए । बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत हुनुभएको थियो । 

    
विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गर्नुभएका बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व समेत गर्नुभएको थियो । उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्