कास्की ३ः ‘२सय ३८’ मतसहित भुर्तेल आठौं

पाेखरा | मंसिर ९, २०७९

कास्की ३ः ‘२सय ३८’ मतसहित भुर्तेल आठौं

पोखराः   कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादीका बागी उम्मेदवार अनिता भुर्तेलले २ सय ३८ मत प्राप्त गरेकी छिन् । 


कास्की ३ नेकपा माओवादीको भागमा परेसँगै गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका रामजीप्रसाद बरालले टिकट पाएपछि भुर्तेलले बागी उम्मेदवारी दिएकी थिइन । भुर्तेलले पाएको मत परिणाम अनुसार उनी आठौं भईन् । 


भुर्तेलले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपा माओवादीका अध्यक्ष पुष्ष्कमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका थिइन् । 


कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा बराललाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरेको छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गरे । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्