पेट्रोलियम पदार्थको मुल्य वृद्विको विरोधमा अनेरास्ववियु, नियन्त्रणमा ‘डेढ दर्जन सरकारी गाडी’

कास्की | जेठ १२, २०७९

पेट्रोलियम पदार्थको मुल्य वृद्विको विरोधमा अनेरास्ववियु, नियन्त्रणमा ‘डेढ दर्जन सरकारी गाडी’

कास्की:   पेट्रोलियम पदार्थको मुल्य वृद्वि भएसँगै पोखरामा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ ।
 

वृद्वि मुल्य फिर्ताको माग गर्दै पोखरामा डेढ दर्जन सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ ले सुनगाभा न्यूजलाई जानकारी दिए । 

 

उनका अनुसार जिरोबाट ५, महेन्द्रपुलबाट १ मोटरसाईकल सहित ३, पृथ्वीचोकबाट गण्डकी प्रदेशका पूर्व कानूनमन्त्री हरि चुमानले प्रयोग गरको स्कोर्पियो तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ४ वटा गाडी, पिएन क्याम्पस गेटबाट ५ वटा, बाग्लुङ बसपार्क र सभागृहमा समान १÷१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको छ ।

‘हामीले नै चाँबी लिएका छैनौ जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई बुझाएका छौ । बेलुकी ५ बजे हाम्रै उपस्थितिमा चाँबी फिर्ता गर्ने सहमति भएको छ, उनले भने, ‘आज शान्तिपूर्ण विरोध जनाएका छौ । यसलाई सरकारले बेवास्ता गर्याे भने भोलीदेखि कडा आन्दोलन थाल्छौ ।’

 

विहान १० बजे पृथ्वीनारायण क्याम्पसदेखि सुरु गरेको सवारी साधन नियन्त्रण कार्यक्रम ३५ जना बढिको उपस्थितिमा पोखराको विभिन्न चोकहरुमा गरिरहेको उनले बताए । उनका अनुसार ७७ वटै जिल्लामा एकसाथ सरकारी सवारी साधन नियन्त्रण गरि विरोध जनाउने कार्यक्रम जारी छ ।

 

गत ९ गतेदखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाइएको थियो । प्रतिलिटरमा १० रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ निर्धारण भएको छ । 
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढाउदै प्रतिसिलिण्डर १ हजार ८ सय पुगेको छ । आयल निगमले नोक्सानी व्यहोर्न परेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

ढोरपाटन:    सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् ।  पूर्व पाँच...

थप पढ्नुहोस्

पाल्पा:   पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...

थप पढ्नुहोस्

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।  विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

थप पढ्नुहोस्