स्याङ्जा-१ मा कांग्रेसका थापा विजयी
स्याङ्जा | मंसिर ९, २०७९
स्याङ्जा: स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गर्नुभयो ।
थापाले ३१ हजार नौ सय ९९ मत पाउँदा उहाँका प्रतिस्पर्धी मरासिनीले २८ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ हजार ६५ मत प्राप्त गर्नुभएको हो ।
थापा र मरासिनीबीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो । स्याङ्जा क्षेत्र नं. १ मा २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका थापा विजयी हुनुभएको थियो । विसं २०७४ को निर्वाचनमा एमाले नेता मरासिनी विजयी हुनुभएको थियो । स्याङ्जा–१ (१) मा नेकपा एमालेका सुधीरकुमार पौडेल विजयी हुनुभएको छ । १ (२) मा नेकपा एमालेकै सीता सुन्दास विजयी हुनुभएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

