गायक आदित्य नारायण नेपालमा

काठमाडाैं | मंसिर १०, २०७९

गायक आदित्य नारायण नेपालमा

काठमाडौं:   बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उहाँ नेपाल आउनुभएको हो । गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताउनुभयो । 


“दुई दिनका लागि नेपाल आएको छु । यद्यपि छिटै पुनःनेपाल आउने योजना बनाइरहेको छु । नेपाल घुमघाम गर्न मन पर्छ”, गायक झाले भन्नुभयो, “आउँदो जनवरीमा नेपाली गीत सार्वजनिक गर्दैछु । यो मैले तयार पारेको पहिलो नेपाली गीत हो । यसले नेपालसँगको सामीप्यता थप बढाउने विश्वास छ ।” 


उहाँले नेपाली राम्रोसँग बुझे तापनि बोल्न भने केही समस्या हुने गरेको बताउनुभयो । उहाँको आगमनले पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ । गायक झा चर्चित नेपाली मुलका भारतीय गायक उदित नारायण झाका छोरा हुन् । सारेगमापा,ए क्स फ्याक्टर र खतरा खतरा खतरा, इन्डियन आइडल जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीत सङ्गीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकका रुपमा डेब्यु गर्नुभएको थियो । 

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्