समानुपातिकः छ प्रदेशमा एमाले, एक कांग्रेस अगाडि
काठमाडाैं | मंसिर १०, २०७९
काठमाडौंः प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई सय ४४ मत प्राप्त गरेको छ ।
त्यसैगरी कांग्रेसले तीन लाख छ सय ४९ र नेकपा (माओवादी केन्द्र)ले एक लाख एक हजार तीन सय ७२ मत पाएको छ । यस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत पार्टीले एक लाख पु¥याउन सकेका छैनन् ।
मधेस प्रदेशमा भने कांग्रेस समानुपातिकमा एक लाख ८० हजार आठ सय १६ मत पाएको छ भने (एमाले ले एक लाख ५४ हजार सात सय ९२ हजार मत प्राप्त गरी दोस्रो स्थान रहेको छ । जसपा नेपालले एक लाख २६ हजार तीन सय ८६ र जनमत पार्टीले एक लाख दुई हजार आठ सय ४४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ७० हजार पाँच सय ६२ मत प्राप्त गरी पाँचौँ स्थानमा छ ।
बागमती प्रदेशमा एमालेले तीन लाख ८४ हजार चार सय ८३ मत ल्याएको छ । कांग्रेसले तीन लाख ३६ हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख एक हजार तीन सय ९३, माओवादी केन्द्रले एक लाख ८७ हजार एक र नेपाल मजदुर किसान पार्टीले ६१ हजार ५६६ मत पाएको छ ।
गण्डकी प्रदेशमा एमालेले तीन लाख ११ हजार तीन सय ८९, कांग्रेसले दुई लाख ८८ हजार तीन सय ७३, माओवादी केन्द्रले एक लाख १२ हजार दुई सय २१ र राप्रपाले ५४ हजार सात सय ३६ मत पाएको छ । लुम्बिनी प्रदेशमा एमालेले तीन लाख ९३ हजार नौ सय, कांग्रेसले तीन लाख ६२ हजार, ३२, माओवादी केन्द्रले एक लाख ३९ हजार चार सय ७४ र राप्रपाले ९७ हजार सात सय एक मत पाएको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा एमालेले एक लाख ४६ हजार आठ सय २०, कांग्रेसले एक लाख ३० हजार ६६, माओवादी केन्द्रले एक लाख १७ हजार ६२ र एकीकृत समाजवादीले २९ हजार ५१ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख १० हजार ५६, कांग्रेसले एक लाख ९७ हजार नौ सय १०, माओवादी केन्द्र ले ९२ हजार सात सय ९५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

