बागमती प्रदेशसभामा माओवादीका युवा अनुहार
काठमाडाैं | मंसिर ११, २०७९
बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन् ।
रामेछाप निर्वाचन क्षेत्र नं १ (१)बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १ (२) बाट ४४ वर्षीय युवराज चौलागाईं, सिन्धुली १ (१) बाट ४७ वर्षीय मातृकाप्रसाद भट्टराई, सिन्धुली २ (२) बाट ५२ वर्षीय गङ्गानारायण श्रेष्ठ, रसुवा १ (२) बाट ५१ वर्षीय इन्द्रप्रसाद गोतामे, नुवाकोट १ (१)बाट ३९ वर्षीय राधिका तामाङ र नुवाकोट २ (१) बाट ७२ वर्षीय रामप्रसाद ढुङ्गाना निर्वाचित हुनुभएको छ ।
काभ्रेपलाञ्चोक १ (१) बाट ४१ वर्षीय रत्नप्रसाद ढकाल, सिन्धुपाल्चोक १ (२) बाट ४१ वर्षीय सरल सहयात्री पौडेल, सिन्धुपाल्चोक २ (१) बाट ३९ वर्षीय युवराज दुलाल, मकवानपुर २ (१) बाट ४२ वर्षीय कुमारी मुक्तान, मकवानपुर १ (१) बाट ४९ वर्षीय प्रेमबहादुर पुलामी, चितवन (२) बाट ६७ वर्षीय ठाकुरप्रसाद ढकाल, धादिङ १ (२) बाट ५१ वर्षीय शालिकराम जम्मकट्टेल विजयी हुनुभएको छ ।
जम्मकट्टेल हाल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना र ढकाल युवा तथा खेलकूदमन्त्री र तामाङ बागमती प्रदेशको उपसभामुख हुनुहुन्छ । दुलाल यसअघि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । सरल सहयात्री माओवादीको बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ ।
माओवादीबाट बागमती प्रदेशसभामा उम्मेदवार बनेका चार नेता पराजित भएका छन् । धादिङ क्षेत्र नं १ (१) बाट जगतबहादुर सिङ्खडा, चितवन २ (१) बाट घनश्याम दाहाल, ललितपुर १ (१) बाट हरि दाहाल र लतिलपुर ३ (१) बाट राजकाजी महर्जन पराजित हुनुभएको हो । बागमती प्रदेशसभाको प्रत्यक्षतर्फ माओवादीले १८ उम्मेदवार उठाएको थियो ।
यस प्रदेशसभाको कुल ६६ निर्वाचन क्षेत्रमध्ये हालसम्म ६४ स्थानको नतिजा आइसके पनि दोलखाका दुई प्रदेशसभा सदस्यको मतगणना हुन सकेको छैन । बागमतीमा कांग्रेसका २४, एमालेका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का पाँच तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका एक÷एक उम्मेदवार निर्वाचित भएका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

