सूचनाको हककोलागि वडा सञ्जाल विस्तार

पाेखरा | मंसिर ११, २०७९

सूचनाको हककोलागि वडा सञ्जाल विस्तार

पोखरा:  सूचनाको हकका लागि पोखरा महानगरको वडा सञ्जाल विस्तार अभियान अन्तर्गत ६ नं  वडा सञ्जाल विस्तार एव प्रशिक्षण कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ ।


प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले वडाभित्र भए गरेका सार्वजनिक काम कार्यको सूचना माग्न आउने जो कोहीलाई पनि सूचना दिन वडा सधैं तत्पर रहेको र यसले वडाका जनप्रतिनिधिहरूलाई जनताप्रति उत्तरदायी रहन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा खुशी व्यक्त गरे ।


वर्तमान राजनिति परिवर्तनको राजनिति भएकाले समाज र राष्ट्र भ्रष्टचार मूक्त अभियान तर्फ उन्मुख रहेको बताउदै अध्यक्ष भट्टराईले सूचनाको हकले समग्र नेतृत्व पंतिलाई नै खबरदारी गरिरहेकोमा अभियन्ताहरूको प्रशंसा समेत गरेका थिए ।


सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका उपाध्यक्ष शिवराज बस्ताकोटी शिव दाईले वडा नं ६ का टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सूचनाको हक सम्बन्धि प्रशिक्षण दिएका थिए ।


कार्यक्रममा महिला वडा सदस्य पवित्रा थापा, टोल विकास संस्थाका प्रतिनिधिहरू जुना अधिकारी र सुशिला वाग्लेले सूचनाको हकको विषयमा  बोलेका थिए ।


सञ्जालले दुर्गा प्रसाद तिमिल्सीनाको संयोजकत्वमा १६ सदस्यीय वडा सञ्जाल समेत गठन गरेको छ । नव गठित सञ्जालमा माधव पहारी, भिष्मा नेपाली, बुद्धिनाथ पाण्डे, रामेश्वर न्यौपाने, सुशिला वाग्ले, रेणु लामिछाने, जुना अधिकारी, नविन त्रिपाठी, आविस्कार तिमिल्सिना, कबिन नेपाली, शंकर तिवारी, मुक्तिराज रेग्मी, पशुपति तिमिल्सिना, दिलिप आचार्य, बिष्णु देवकोटा र धनेश थापा रहेका छन ।


सूचनाको हकका लागि पोखरा महानगरका अध्यक्ष अनिल थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिका आचार्य सुवेदी र कार्यक्रम सञ्चालन संस्थाका सचिव सागर कार्कीले गरेका थिए ।

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्