सराङ्गकोटमा विशेष पुजा, शिव मन्दिर र पञ्चमूखी गणेश मूर्ति स्थापना गरिदैँ
पाेखरा | मंसिर १२, २०७९
पोखरा: सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्धारा निर्माण गरिन लागेको विशाल शिव मन्दिर र पञ्चमूखी गणेश मूर्ति स्थापना हुने भूमीमा विशेष पुजा गरीएको छ।
श्री राणी सेवा संघ काठमाडौंद्वारा कूलदेवीको रुपमा दुर्गा अवतार त्रिशुल सहित विशेष पुजा गरीएको छ । संस्थाले धार्मिक एवं सामाजिक कार्य गर्दै आएको नेपालको विभिन्न क्षेत्रमा रहेका माडवारी समूहको सामाजिक संस्था राणी सती सेवा संघका महासचिव रामकृष्ण तुलाश्यामले बताए ।
अन्तराष्ट्रिय रुपमा परिचित सराङ्गकोटमा विशाल शिव मन्दिर, भ्यू टावर, बहुउद्धेश्यीय भवनको निर्माण अन्तिम चरणमा रहेको समितिका अध्यक्ष प्रेम बहादुर जि.सी ले बताए ।
सराङ्गकोटमा जाने पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले पञ्चमुखी गणेशको मूर्ती निर्माण गर्न अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङको योजकत्वमा विशाल पञ्चमुखी गणेशको मुर्ति निर्माण गर्न लागीएको छ ।
६ करोडको लगानीमा ३० फिट अग्लो मूर्ति भारतमा निर्माण गरिनेछ । अन्नपूर्ण केवलकारको समन्वय तथा पूर्ण लगानीमा निर्माण हुने पञ्चमूखी गणेश मूर्ति निर्माण कार्य ६ महिनाभित्र सम्पन्न गरीने योजना रहेको केवलकारका इन्जिनियर सुमेश बास्तोलाले बताए ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

