‘निजी क्षेत्र विकासको साझेदार’: अध्यक्ष प्रजापति
पाेखरा | मंसिर १३, २०७९
पोखराः पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्र विकासको साझेदार भएको बताउनुभएको छ । नेपाली सेनाको सैनिक कलेज तथा स्टाफ तालिम केन्द्रद्वारा सञ्चालित सिसं २९ कमाण्ड तथा स्टाफ तालिमका सहभागीसँग सोमबार भएको अन्तक्र्रियामा उहाँले सङ्घले गरेका विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेको छ भन्नुभयो ।
पोखराको शिक्षा र भौतिक निर्माणमा सङ्घले ठूलो योगदान गरेको उल्लेख गर्दै उहाँले लगानी गरेपछि नाफा–घाटा दुवैको जोखिम रहने उल्लेख गर्नुभयो । राज्यले दिएको अधिकार प्रयोग गर्दै राज्यलाई कर तिरेर नाफा कमाउनु नै उद्यमशीलता भएको उहाँको भनाइ छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने हो भने सुरक्षा निकायले सर्वप्रथम स्वदेशी उत्पादन उपभोग गर्नुपर्ने बताउनुभयो । सरकार र सरकारी निकायले व्यापार गर्ने नभएर निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासेनानी जयन्द्र केसीले तालिमको औचित्यमाथि प्रकाश पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन, विदेशी छ जनासमेत ४२ प्रशिक्षार्थी तालिममा सहभागी रहेको जानकारी दिनुभयो । सेनानी प्रसन पुनले नेपालको आयात–निर्यातको अवस्था तथा निर्यात प्रतिस्थापनका उपायबारे जिज्ञासा राख्नुभयो भने सेनानी सावित्री जिसीले आयातित वस्तु नियन्त्रण र स्वदेशी उत्पादनको उपभोग बढाउन गर्नुपर्ने प्रयास सम्बन्धमा प्रश्न गर्नुभएको थियो ।
सेनानी सन्तोष चन्दले नेपाली सेनाले आर्थिक समृद्धिको लागि निजी क्षेत्रसँग कहाँ सहकार्य गर्न सक्छ भन्ने जिज्ञासा व्यक्त गर्नुभयो । उक्त अवसरमा सेनानी राजविक्रम ठकुरी, उमेश खड्का, सशस्त्रका प्रहरी नायब उपरीक्षक आनन्द थापामगर, मेजर वेदबहादुर खड्का, दीपेन्द्र भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्यलगायतले बोल्नुभएको थियो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

