‘निजी क्षेत्र विकासको साझेदार’: अध्यक्ष प्रजापति
पाेखरा | मंसिर १३, २०७९
पोखराः पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्र विकासको साझेदार भएको बताउनुभएको छ । नेपाली सेनाको सैनिक कलेज तथा स्टाफ तालिम केन्द्रद्वारा सञ्चालित सिसं २९ कमाण्ड तथा स्टाफ तालिमका सहभागीसँग सोमबार भएको अन्तक्र्रियामा उहाँले सङ्घले गरेका विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेको छ भन्नुभयो ।
पोखराको शिक्षा र भौतिक निर्माणमा सङ्घले ठूलो योगदान गरेको उल्लेख गर्दै उहाँले लगानी गरेपछि नाफा–घाटा दुवैको जोखिम रहने उल्लेख गर्नुभयो । राज्यले दिएको अधिकार प्रयोग गर्दै राज्यलाई कर तिरेर नाफा कमाउनु नै उद्यमशीलता भएको उहाँको भनाइ छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने हो भने सुरक्षा निकायले सर्वप्रथम स्वदेशी उत्पादन उपभोग गर्नुपर्ने बताउनुभयो । सरकार र सरकारी निकायले व्यापार गर्ने नभएर निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासेनानी जयन्द्र केसीले तालिमको औचित्यमाथि प्रकाश पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन, विदेशी छ जनासमेत ४२ प्रशिक्षार्थी तालिममा सहभागी रहेको जानकारी दिनुभयो । सेनानी प्रसन पुनले नेपालको आयात–निर्यातको अवस्था तथा निर्यात प्रतिस्थापनका उपायबारे जिज्ञासा राख्नुभयो भने सेनानी सावित्री जिसीले आयातित वस्तु नियन्त्रण र स्वदेशी उत्पादनको उपभोग बढाउन गर्नुपर्ने प्रयास सम्बन्धमा प्रश्न गर्नुभएको थियो ।
सेनानी सन्तोष चन्दले नेपाली सेनाले आर्थिक समृद्धिको लागि निजी क्षेत्रसँग कहाँ सहकार्य गर्न सक्छ भन्ने जिज्ञासा व्यक्त गर्नुभयो । उक्त अवसरमा सेनानी राजविक्रम ठकुरी, उमेश खड्का, सशस्त्रका प्रहरी नायब उपरीक्षक आनन्द थापामगर, मेजर वेदबहादुर खड्का, दीपेन्द्र भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्यलगायतले बोल्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

