आदर्श क्लबको रक्तदानमा ९६ युनिट संकलन
पाेखरा | मंसिर १३, २०७९
पोखरा: पोखरा महानगरपालिका २९ मा ‘विकास, अनुशासन र गतिशिलता’ नारासहति सक्रिय रहदै आएको आदर्श युवा क्लबले आयोजना गरेको रक्तदानबाट ९६ युनिट संकलन भएको छ ।
क्लबको २५ औं वार्षिकोत्सवको अवसरमा ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित आयोजित २३ औं रक्तदान कार्यक्रमबाट ९६ युनिट रगत संकलन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका पोखरा महानगरपालिका वडा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले पहिलो रक्तदाता सुरज जंग राणालाई ब्लग ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै गुरुङले अदर्श क्लबले जस्तै अन्य क्लब तथा संस्थाहरुले समेत सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिए ।
उनले क्लबको स्वामित्वमा रहेको मैदानको स्तरोन्नती तथा बहुद्देश्यीय भवन निर्माणका लागि वडाबाट पहल गर्ने बताए । ‘खेलकुद विकासको लागि तपाइहरुको भूमिका निकै ठुलो छ, उनले भने, ‘त्यसैले यहाँहरुको स्वात्विमा रहेको यस मैदानको स्तरोन्नती र कभर्ड हलको लागि हाम्रो वडा सदैब पहल गर्नेछौ ।’ उनले भने ।
सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय पोखरा २१ का निवर्तमान वडाध्यक्ष चेत बहादुर गुरुङ, जनप्रकाश बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम बुढाथोकी, सिद्ध टोल विकास संस्थाका अध्यक्ष रामजी पौडेल, सैनिकबस्ती गु्रप नम्बर १ समाजका अध्यक्ष सुवेदार चन्द्र बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भण्डारढिक रंगशालामा सोमबार सम्पन्न रक्तदानमा रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग गरेको थियो ।
क्लबका अध्यक्ष पदम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमक संयोजक कर्णबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने क्लबका सचिव ओम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

