पोखरा अन्तराष्ट्रिय विमानस्थलमा नेपाल बैंकको बैंकिङ सेवा
पाेखरा | मंसिर १५, २०७९
पोखराः पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोवार नेपाल बैंक लिमिटेड मार्फत हुने सम्झौता भएको छ ।
पोखरामा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमका विचमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रमपछि बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पन्तले बैंककातर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बिन्ध कारोवारमा कुनै गुनासो नआउने गरि सेवा प्रदान गने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यलय गण्डकीका प्रमुख प्रतिमा श्रेष्ठ लगाएतका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
केही दिनअघि परीक्षण उडान सकिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यही पुस १७ गतेदेखि व्यवसायिक उडान सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरिसकेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

