धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
धनगढी | मंसिर १६, २०७९
धनगढीः धनगढीमा ग्रेडरको ठक्करबाट साथीको ज्यान गएपछि विद्यार्थीले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।
आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय धनगढीले घटनास्थल आसपासको क्षेत्रमा हिजो बिहीवारदेखि नै निषेधाज्ञा लागू गरेको छ । विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरबितर भएका छन् । प्रदर्शनमा सहभागी २१ जना विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।
धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट हिजो ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका हुन् । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

