बाजुरामा अझैँ भएन पुल मर्मत, आउजाउमा सास्ती
बाजुरा | मंसिर १९, २०७९
बाजुरा: गत वर्षामा भत्किएका बाजुराका झण्डै नौ वटा झोलुङ्गे पुल अहिलेसम्म मर्मत नहुँदा सो पुलबाट स्थानीयलाई आउजाउमा निकै सास्ती छ । २०७८ र०७९ को साउनमा आएको बाढीपहिरोका कारण बाजुराका झण्डै १२५ झोलुङ्गे पुल मध्ये नौ वटा पूर्ण रूपमा क्षति भएपछि अहिले स्थानीयलाई समस्या परेको हो ।
खप्तड छेडेदह गाउँपालिका वडा नं –३ गुदुका स्थानीय पार्वती रावतले, गत बर्खाको बाढीपहिरोले गुदुखोलाको झोलुङ्गे पुल भत्काएपछि अहिले आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको बताउनुभयो ।
गत बर्खाको बाढीपहिरोले गौमुल गाउँपालिका को घटमुना, सिममाडी, माडी,बडिमालिका नगरपालिकाको भत्तेबगर, जडाङ्गा स्वामिकार्तिक र जगनाथ खप्तड छेडेदह गाउँपालिका गुदुगाड लगायतका स्थानमा रहेको झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।
गौमुल गाउँपालिकाको अजयकोट, सिममाडी, अदरा, ओडार, जडाङ्गा त्रिवेणी नगरपालिकाको फल्ने तोला स्वामिकार्तिक र जगनाथको बालुवामा रहेको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ ।
बाजुरामा रहेका झण्डै १२५ झोलुङ्गे पुलहरू मध्ये नौ वटा पुलमा निकै क्षति भएपछि स्थानीय सरकारको पहलमा अहिले ती पुल मर्मत गर्ने तयारी भइरहेको पीसविन बाजुराका झोलुङ्गे पुलह रु टेक्निल अफिसर खडक जोशीले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

