गाडी आयातमा असहज भएपछि आन्दोलनको तयारीमा अटो व्यवसायी
पाेखरा | मंसिर १९, २०७९
पोखराः अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) सम्बद्ध व्यवसायीले .गाडी आयातमा असहज भएको भन्दै आन्दोलनको तयारी थालेको छ ।
आन्दोलनको विषयमा जानकारी दिँदै नाडाका उपाध्यक्ष एवं आन्दोलन समितिका संयोजक सुनिल रिजालले आगामी भदौ २२ गतेदेखि आन्दोलन सुरु गर्ने जानकारी दिए । रिजालले भने ‘उक्त दिन नाडा सम्बद्ध व्यवसायीहरुले माइतीघरमा धर्ना दिने कार्यक्रम रहेको छ ।’
आन्दोलनको पहिलो चरणमा शान्तिपुर्ण धर्ना दिने कुनैपनि कार्यक्रम अनुशासिततवरले गरिने रिजालको भनाई छ । धर्नापछि सरकारले माग पुरा गर्नेमा विश्वस्त रहेको रिजालले जनाए ।
नाडाका अध्यक्ष ध्रुव थापाले सम्बन्धित निकायलाई अटो व्यवसायीका समस्या बाराम्बार अवगत गराई समाधानको पहल गर्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताए ।
त्यस्तै, बैंकले अटो लोन प्रवाह गर्दा ५० प्रतिशतमा सिमित गरिदिँदा व्यवसायमाथि गम्भीर क्षति पुगेको थापाको भनाई छ ।
सरकारले केही समय विदेशबाट विभिन्न सामानलाई विलासिताको नाममा आयात रोकेको र हाल खुलाएपनि राष्ट्र बैंकले झनै कसिलो नीति ल्याउँदा अवस्था प्रतिकुल नै रहेको उनले उल्लेख गरे ।
यद्यपि, विदेशी मुद्रा सञ्चितिमा सुधार आएकाले व्यवसायको माग सम्बोधन गर्न गाह्रो नहुने र सबै माग पुरा हुने थापाको विश्वास छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

