सांसद भट्टराईद्वारा प्रतिष्पर्धी उम्मेदवारसँग सुझाब ग्रहण

पाेखरा | मंसिर २०, २०७९

सांसद भट्टराईद्वारा प्रतिष्पर्धी उम्मेदवारसँग सुझाब ग्रहण

पोखराः मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यमा  नेकपा (एमाले) को तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर २ का नबनिर्बाचीत सांसद बिद्या भट्टराईले सो पदका  प्रतिस्पर्धी हरू उम्मेदवारहरू सङ्ग भेटघाट तथा सुझाव ग्रहण गर्नु भएको छ। 


प्रतिष्पर्धी मध्ये बाम लोकतान्त्रिक गठबन्धनका श्रीनाथ बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका माधब प्रसाद कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुबर्ण राज पन्त सहित नेकपा एमाले कास्की क्षेत्र नम्बर २ निर्बाचन परिचालन कमिटी का संयोजक तथा जिल्ला कमिटी कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारी र राप्रपाका नेता हरि बराल सङ्ग आज अनौपचारिक छलफल सम्पन्न  गर्नु भएको उहाँको निजि सचिबालयले जनाएको छ।


सो अबशरमा प्रतिष्पर्धी उम्मेदवारहरूले  बिकासको प्रभावकारी अनुगमन, सरकारी अस्पतालहरुको स्तरोन्नति, कम्तिमा बर्षको एकपटक सबै नागरिकको स्वास्थ्य परीक्षण (Whole Body checkup) सम विकासको अबधारणा मार्फत शिक्षा क्षेत्रको सुधार, पोखरालाइ पर्यटकिय राजधानी घोषणा गरेर पोखराको समृद्धि मा जोड दिने र प्रभावकारी नीति निर्माणमा संसदमा सकृय रहनका लागि सुझाव दिनुभएको छ।


भेटका अबसरमा सबैका सुझाब सहित समृद्धिको  साझा लक्ष्य प्राप्त गर्न आगामी दिनमा जनप्रतिनिधिका हिसाबले  प्रभावकारी रुपमा कास्की क्षेत्र नं २ र समग्र कास्कीको विकासका लागि यस प्रकारका छलफलहरु महत्त्वपूर्ण हुने र यी भेटघाट नियमित गरि सुझाव निरन्तर ग्रहण गर्ने  भट्टराईले उल्लेख गर्नुभएको छ। साथै सो अबसरमा  भट्टराईलेव सबै प्रती हार्दिक आभार समेत प्रकट गर्नुभएको छ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्