इन्गेजमेन्ट टुटेपछि मृत्यु प्रकरण: युवक संग्रौला हिरासतमै, बुबाआमा छुटे
काठमाडाैं | मंसिर २०, २०७९
काठमाडौं: धुम्बाराहीमा आफैंलाई पेट्रोल खन्याएर जलाएकी महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीनजना थुनामुक्त भएका छन् । मृतक नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट गरेका युवक २९ वर्षीय सुधन संग्रौला चाहिं हिरासतमै छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधनबाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन ।
प्रहरीले सोमबार सुधनसहित उनका बुबा ५७ वर्षका दिनेश संग्रौला, आमा बिन्दु संग्रौला र २९ वर्षका मधु संग्रौलालाई पक्राउ गरेको थियो ।
जाहेरी आएपछि परिवारका अन्य सदस्यलाई पनि पक्राउ गरिएपनि अदालतले थुनामा राख्न अनुमति नदिएको प्रहरीले जनाएको छ । एसपी मैनाली भन्छन्, ‘हाजिर जमानीमा राखेर अनुसन्धान गर्न भनेपछि एकजनालाई मात्र नियन्त्रणमा राखेका छौं ।’
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

