अमरज्योतीका विद्यार्थीलाई दर्शनको पोशाक
कास्की | जेठ १४, २०७९
पोखरा: पोखरा महानगरपालिका १३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरेका छन् । पोखरा १३ अमलाचौरस्थित अमरज्योती आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर पोशाक सहयोग गरेका हुन् ।
विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै युवा नेता लामाले विद्यार्थीहरुको प्रोत्साहानका लागि सहयोग गरेको बताए । ‘गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहान हुन्छ भन्ने हेतुले डे«स दिएको हुँ, उनले भने, ‘यसको साथसाथै सामुदायिक स्कुलमा पनि विद्यार्थीहरुको अकर्षण बढ्छ भन्ने अभिप्राय हो ।’

यसैगरी विद्यालयका प्रध्यानाध्याक विमल बरालले लामाको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै सकरात्मक सन्देश प्रवाभ भएको बताए । सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुे उदाहरणीय कार्य रहेको बरालले बताएका थिए ।
निवर्तमान वडाध्यक्ष लामाले आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरु समेत सम्पन्न गरिसकेका छन् ।
उनले वडाको शिक्षामा एकरुपता ल्याउनका लागि पाठ्यक्रम (लेसन प्लान) बनाएका थिए । भने सामुदायिक विद्यालयमा बस समेत खरिद गरेका थिए । यसैगरी भद्रकाली माविमा पक्की भवन समेत निर्माण गरेका थिए ।
उनले यसअघि पनि वडा भित्रका नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेका थिए ।
ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

