ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा
काठमाडाैं | मंसिर २३, २०७९
काठमाडौंः टाइब्रेकरमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेकोहो ।
एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरी गरेपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको थियो ।
टाइब्रेकरमा क्रोएसियाका निकोलस भ्लासिचले गोल गर्दै अग्रता दिलाए । जवाफमा ब्राजिलका रोड्रीगोको प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए । त्यसपछि क्रोएसियाका लोभ्रो माएरले गोल गर्दा क्यासेमिरोले पनि कुनै गल्ती गरेनन् । क्रोएसियाका लागि लुका मोड्रीचले तेस्रो प्रहारमा गोल गरेपछि ब्राजिलका पेड्रोले पनि गोलरक्षकलाई गलत दिशामा पठाए ।
चौथो प्रहारमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोलरक्षक एलिसनलाई बिट गर्दै अग्रता कायम राखे । ब्राजिलको चौथो प्रहारमा मार्किन्हसले पोस्टमा प्रहार गरेपछि क्रोएसिया सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । अघिल्लो खेलमा जापानलाई टाइब्रेकरमा पराजित गरेको क्रोएसिया लगातार दोस्रो खेलमा जित हासिल गर्न सफल भयो ।
अतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा नेयमारले सुन्दर गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । तर क्रोएसियाका लागि बेन्चबाट मैदान छिरेका ब्रुनो पेत्कोभिचले ५ मिनेट समय बाँकी रहँदा गोल गर्दै खेल पुनस् बराबरीमा ल्याए ।
अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिर आफैं सुरु गरेको मुभलाई ६ यार्ड बक्सभित्र गोलरक्षकलाई समेत छलाउँदै गोल गरेका थिए । नेयमारले पेनाल्टी क्षेत्र बाहिरबाट लुकास पाक्वेटालाई पास दिएर आफू भित्र पसे । त्यसपछि डिफेन्डरको चुनौती चिर्दै उनले गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल पूरा गरे ।
दोस्रो हाफको ४ मिनेट समय बाँकी रहँदा क्रोएसियाले बराबरी गोल फर्कायो । पेत्कोभिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । बायाँ विंगबाट मिस्लाभ ओर्सिचले दिएको पासमा पेक्तोभिचले गरेको प्रहार डिफेन्डरलाई लाग्दा गोलरक्षक एलिसनले बचाउने अवसर नै पाएनन् ।
आज हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

