पूर्वका तीन जिल्लामा हिंसाका घटना बढ्दो
काठमाडाैं | मंसिर २५, २०७९

खोटाङ: राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढिरहेको तथ्यंक सार्वजनिक गरेको छ । ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१ औं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, बाल हिंसाका घटना बढिरहेको जानकारी दिएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा मानव अधिकार अधिकृत नेत्र गौतमले हत्याका घटना बढिरहेको, समयमै दोषी पत्ता लगाउन नसक्दा न्यायिक अधिकारबाट वञ्चित हुनु परेको देखिएको औंल्याएका छन् । आयोगले प्रस्तुत गरेको मानव अधिकार अवस्थाको संक्षिप्त झलकमा तीन जिल्लामा आत्महत्या दर पनि बढ्दो क्रममा रहेको उल्लेख छ ।
यस्तै, अदालतको फैसला हुँदा समेत नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित भएको, जन्मदर्ताको अधिकारबाट वञ्चित भएको, कारागारको भौतिक संरचना व्यवस्थित हुन नसकेको पाइएको आयोगले जनाएको छ । नेपाल सरकारको मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना र दिगो विकासको लक्ष्य प्राप्ति गर्ने सम्बन्धी क्रियाकलाप कार्यान्वयन हुन नसकेको, चार स्थानीय तहबाहेक अन्यले महिलासम्बन्धी नीति, कानून तर्जुमा गर्न नसकेको मानव अधिकार अधिकृत गौतमले बताए ।
आयोगले दर्ता भएका ५५ उजुरीमध्ये ४६ वटा उजुरी उपर अनुसन्धान सम्पन्न गरी निर्णयार्थ पेश गरेको, मानव अधिकार उल्लंघनको घटनामा आरोपित बहालवाला प्रदेश सांसद, पूर्वप्रजिअलगायतका कर्मचारी गरी ४२ जनालाई प्रमाण पेस गर्न र सफाया पेस गर्ने मौका दिइएको जानकारी दिएको छ । यस्तै, मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि तीनै जिल्लाका समन्वय समिति र पालिकामा पत्राचार र सात पालिकामा अन्तरक्रिया गरेको, महिला र बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक, वातावरण र विकास, शिक्षा स्वास्थ्य लगायतका विषयगत अनुगमन र अन्तरक्रिया गरिएको जानकारी दिएको छ ।
ताप्लेजुङ: सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छो...
पर्सा: स्रोत नखुलेको रु २८ लाख २८ हजार हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गा...
काठमाडौं: प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह ग...