जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको द्रोश्रो सार्वजनिक सुनुवाईसंगै उत्पादित वस्तु बजारमा

पाेखरा | मंसिर २५, २०७९

जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको द्रोश्रो सार्वजनिक सुनुवाईसंगै उत्पादित वस्तु बजारमा

पोखरा:  पोखरा महानगरपालिका वडा न ३० स्थित पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा जगत कल्याण दुग्ध प्रशोधन केन्द्र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 


सार्वजनिक सुनुवाईसँगै जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको उत्पादित बस्तु बजारमा पनि आएका छन् । 


सार्वजनिक सुनुवाइ कार्यक्रममा कृषक, महिला,स्थानीय ब्यक्ति,पत्रकार तथा शेयरसदस्यहरुलाई दुग्ध प्रशोधन केन्द्रमा जडित यन्त्र तथा उपकरण,चारपांग्रे सबारी साधन लगायत केन्द्र परिसरको भौतिक संरचनाहरुको आयोजनाको उप आयोजना संचालन मार्गदर्शन अनुसार खरिद गरी जडित आधुनिक प्लान्टहरु द्वारा उत्पादित दुग्धजन्य पदार्थहरुको गठबन्दन बजारीकरण मार्फत स्थानीय उपभोक्ता तथा तनहुँ, लम्जुंग लगायतका जिल्लाहरुमा कल्याण ब्रान्डका दुग्ध पदार्थहरु बिक्रीवितरण गरिएको जानकारी दिएका थिए ।


वडा न.३० का वडाध्यक्ष दुर्गा प्रसाद सुबेदीले असल कर्मले मानिसलाई र समाजलाई अग्रगतीमा लैजाने प्रेरणा दिने बताए । उनले उपभोक्ताहरुको मागलाई ध्यान दिएर सम्बोधन गर्नुपर्ने बताए ।


महानगर कृषि समितिका अध्यक्ष संयोजक रबि रमण तिवारीले दूग्ध पदार्थ बजारीकरण गर्न आफ्नो ठाउँ बाट सहयोग गर्ने बताउदै सहकरिसंगा सहकार्य गर्न उत्सुक रहेको बताए । उनले गौसेवा मानब सेवा नै समाज सेवा भएकोले कसैले संस्थामा रहेर स्वार्थ लिन खोज्ने मान्छेसँग बच्नुपर्ने बताए । 


अध्यक्ष कलाधर ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्ण प्रसाद ओझाले आयोजनासँग सहकार्य गरी दुग्ध प्रशोधन केन्द्रद्धारा स्थानिय जनशक्तिलाई रोजगार दिनुको साथै आयोजना सम्झौतामा उल्लेख भए बमोजिमका मेसिन उपकरण तथा सवारी साधनको बिधि र प्रक्रिया पु¥याएर खरिद गरिएको र उत्पादन गर्दा चाहिने कच्चा पदार्थहरुको खरिद उप समितिद्धारा वस्तुको आपुर्ति गरी कास्की, तनहुँ र लम्जुङमा सेवा विस्तार गरिएको जानकारी सहित लागत र खर्चका विवरणहरु प्रस्तुत गरेका थिए । 


कोषाध्यक्ष शिब भुजेलले संस्थाका गतिविधि तथा आयोजना सञ्चालन सम्वन्धि जानकारी गराएका थिए ।


पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित कृषक शेयरधनी, महिलाहरुले उठाएका जिज्ञासाहरुको व्यवस्थापक, सचिव र कोषाध्यक्षले प्रष्ट पारेका थिए । 


लाइभस्टक इन्नोभेसन आयोजना विकेन्द्रीकरण सहयोग एकाईका वगिरथी कार्र्की , लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझा , शेयरसदस्य रामजी प्रसाद न्यौपाने लगाएतले स्थनीय किसानबाट संकलन गरिएको दूधलाई आफ्नै प्रसोधन केन्द्रमा अत्याधुनिक मेसिन उपकरणहरु ल्याएर प्रसोधन गरी आम उपभोक्ताहरुको मागलाई सम्बोधन गर्नुको साथै मौलिक उत्पादनले किसानको हौशला समेत बढाउने बताएका थिए । 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...

थप पढ्नुहोस्

पोखरा:   लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् ।  फाउण्डेशनका संस्थापक गुर...

थप पढ्नुहोस्