तनहुँमा वडाध्यक्षको कार्यकक्षमा वडा सदस्यद्वारा तालाबन्दी

तनहुँ | मंसिर २५, २०७९

तनहुँमा वडाध्यक्षको कार्यकक्षमा वडा सदस्यद्वारा तालाबन्दी

तनहुँः    तनहुँको शुक्लागण्डकीमा वडा सदस्यले आफ्नै वडा अध्यक्षको कार्यकक्षमा ताला लगाइ दिएका छन् । वडा नं. ९ का सदस्य दिपक महतले आइतवार विहान कार्यालय खुल्ने वित्तिकै वडा अध्यक्ष बाबुराम पुलामी मगरको कार्यकक्षतामा लगाएका हुन् । 


ढोरबाराही मन्दिरको समिति निर्माण र अन्य निर्णहरुमा वडा अध्यक्षले एकलौटी ढंगले निर्णय गरेको आरोप लगाउदै तालबन्दी गरेको महतले बताएका छन् । यता वडा अध्यक्ष पुलामीले भने ढोरबाराही मन्दिरको समिति मेयर र उपमेयरको रोहबरमा बनाइएको बताएका छन् । अन्य वडाका निर्णहरुमा पनि सबै सदस्यहरुको सामुहिक निर्णय अनुसार आफू बढेको उनको भनाई छ ।  


सो वडामा वडा अध्यक्षसहित ५ जना नेकपा एमालेबाट निर्वाचित भएका हुन् । यसअघि पनि वडा सदस्य महतले असन्तुष्ट व्यक्त गर्दै कार्यालयमा अनुपस्थित हुने गरेका थिए । पार्टीले छलफल गरेर सहमति गरेपछि उनी वडामा जान थालेका थिए । यसैबीच उपमेयर खुम बहादुर विकको रोहबरमा विहानै वडा अध्यक्षको कार्यकक्षमा लगाईको ताला फोडिएको छ । 


उपमेयर विकसहित, वडा नं. ७ का अध्यक्ष खड्कसिंह थापा, वडा नं. ८ का अध्यक्ष नारायण सिंह थापा, प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालसहितको उपस्थितिमा ताला फोडिएको हो ।

 

उपमेयर विकले विमती भए छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । साथीहरुबीच समस्या हुन सक्छन, यो कुनै ठूलो कुरा होइन, उनले भने, तर कार्यकक्षमै ताला लगाएर मात्र समाधान भने हुदैन ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्