कुमारी बैंकको विशेष साधारणसभाले पारित गर्‍यो एनसिसीसँगको मर्ज प्रस्ताव

काठमाडाैं | मंसिर २६, २०७९

कुमारी बैंकको विशेष साधारणसभाले पारित गर्‍यो एनसिसीसँगको मर्ज प्रस्ताव

काठमाडौं:  कुमारी बैंक लिमिटेडको विशेष साधारणसभाले नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँग मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणाको अध्यक्षतामा भएको विशेष साधारणसभाले मर्जरको सम्बन्धमा अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जरसम्बन्धी बाँकी कार्य र आवश्यक प्रक्रिया पूरा गर्ने प्रस्ताव पारित गरेको हो । 


त्यस्तै, मर्जरसम्बन्धी समझदारीपत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय पनि अनुमोदन भएको जनाइएको छ । एक–आपसमा गाभ्ने–गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल–अचल सम्पत्ति तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डिडिए)का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १स्१  स्वीकृत गर्ने तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ । यसका साथै, सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पारित भएको उल्लेख छ । 


दुई बैंक मर्जरपश्चात् चुक्ता पुँजी २६ अर्ब रुपैयाँभन्दा बढी हुने तथा शाखा संख्या तीन सय ५५, एटिएम संख्या दुई सय ४४, एक्सटेन्सन काउन्टर संख्या ५१, निक्षेप तीन खर्ब एक अर्बभन्दा बढी र कर्जा दुई खर्ब ७८ अर्बभन्दा बढी हुने जनाइएको छ । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्