‘प्याब्सन स्पोर्टस मिट’ भलिबल, फुटबल, बास्केटबल र एथलेटिक्सका खेल जारी

पाेखरा | मंसिर २६, २०७९

‘प्याब्सन स्पोर्टस मिट’ भलिबल, फुटबल, बास्केटबल र एथलेटिक्सका खेल जारी

पोखराः   १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर र प्लस टु तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् । 


निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, प्लस टु तर्फ भलिबल र बास्केबल तथा एथलेटिक्सका खेलहरु जारी रहेका हुन् । 

 

भलिबल छात्र मावि र प्लस टु तर्फका खेल जारी

 
प्याब्सन स्पोर्टस मिट अन्तर्गत मंगलबार मावि तहतर्फ क्वाटर फाइनल र प्लस टु (कक्षा ११–१२) तर्फ क्वाटर फाइनलका समिकरण पुरा भएको भलिबल खेलका संयोजक नविन बरालले बताए ु


मवि छात्रतर्फ भएको खेलमा रेन्वोले डायमण्डलाई २–० ले, ढुङ्गेसाँघुले नेपाल आदर्शलाई २–१ ले, न्यू मोडलले अल्फालाई २–० ले, धौलागिरीले एक्स आर्मीलाई २–० ले पराजित गर्दा एक अर्को खेलमा रेन्वो भने तारापुञ्ज संग २–१ को सेटमा पराजित भएको छ । त्यस्तै वेष्ट पोइन्टले मिलिनियमलाई २–० ले खेल जिते पनि अर्को एक खेलमा भने निलगिरी संग २–१ ले आफ्नो खेल गुमाएको छ । यसै गरी सगरमाथाले सवलाइमलाई २–० को सोझो सेटमा पराजित गरे पनि अर्को एक खेलमा सृजना संग २–० को सोझो सेटमा खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ ।


यसै गरी नेशनल इन्भेन्टिभले हिल पोइन्टले २–० ले पराजित गर्दा विद्या निकेतनले पोखरा स्पाइरललाई वाक ओभर दिएको संयोजक बरालले बताए ।


यता प्लस टु छात्रतर्फ गुरुकुल, सृजना, टप्स र केफले सेमीफाइनलमा स्थान बनाएका छन् । सम्पन्न खेलमा गुरुकुलले पश्चिमाञ्चललाई २–० ले, सृजनाले हाभर्डलाई २–० ले, टप्सले पोखरा पव्लिकलाई २–० ले केफले माउन्ट अन्न्नपूर्णलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् 


सिनियर तथा जुनियर फुटबल: प्रि–क्वाटरका खेल सुरु 


१७ औं प्याब्सन स्पोर्टस मिट अन्तर्गत सोमबारबाट सिनियर तथा जुनियर फुटबलतर्फ प्रिक्वाटरका प्रतिष्पर्धाहरु सुरु भएको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् । 


सिनियरतर्फ गौरीशंकर खेल मैदान हेम्जामा सम्पन्न खेलमा रेन्वोले डायमण्डलाई १–० ले, हिल पोइन्टले मेरी गोल्डलाई २–१ ले, शान्तीदिपले ग्लोबललाई ५–० को भारी गोल अन्तरले पराजित गर्दा पोखरा पब्लिकले मेट्रोपोलिटानले ६–१ ले पराजित गर्न सफल भएको छ । त्यसैगरी स्नो भ्यूले सृजनालाई ३–१, बाल विद्याले विद्या निकेतनलाई २–० ले पराजित गरेका छन् । दुई खेलको नतिजा भने टाइव्रेकरमा आएको छ । शिसु कल्याणले शान्ती निकुञ्जलाई ४–२ ले पाखा लगाएको छ भने एक अर्को खेलमा बालोदयले पोखरा एकेडेमीलाई ७–६ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै खेल बराबरीमा सकिएको थियो । 


नेपाल आदर्शको खेल मैदानमा सम्पन्न खेलमा इडेनले हिल पोइन्टलाई १–० ले, भ्यू पोइन्टले बाल विद्यालाई ३–० ले पराजित गर्दा दुई खेल भने टाइ व्रेकरमा सम्पन्न भएछन् । मनकामना र एक्स आर्मी विचको खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिए पछि टाइ व्रेकरमा मनकामनाले ३–२ ले खेल जित्यो भने त्यसतै कुमुदिनी र केफ विचको खेल समेत १–१ गोलको बराबरीमा सकिए पछि टाइव्रेकरमा कुमुदिनीले ४–१ ले आफ्नो पक्षमा पार्न सफल भयो । 


यता शान्तीदिप खेल मैदानमा भएको जुनियरतर्फको खेलमा मेट्रोपोलिटानले टाइ व्रेकरमा ६–५ ले जित दर्ता गर्दा बेसलाइनले पारामाउण्टलाई ३–१ ले, रेन्वोले गुरुकुललाई ६–५ ले टाइ व्रेकरमा जित हासिल गरेको छ । आज कै भएको एक अर्को खेलमा स्नो भ्यूले सगरमाथालाई १–० ले पराजित गरेको छ ।


प्लस टु बास्केटबलमा क्वाटरफाइनलको समिकरण पुरा


प्याब्सन स्पोर्टस मिट अन्तर्गत नै पोखरा रंगशालमा जारी प्लस टु छात्र बास्केटबलमा क्वाटरफाइनलको समिकरण पुरा भएको बास्केटबल संयोजक खिम गुरुङले जनाएका छन् । 


प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा बाल कल्याण, पश्चिमाञ्चल, प्रतिभा र पारामाउण्टले अन्तिम चौथोमा स्थान पक्का गरे । बाल कल्याणले मेरी गोल्डलाई ४५–२८ ले, पश्चिमाञ्चलले सोसल पब्लिकलाई ३२–१० ले, प्रतिभाले माउन्ट अन्नपूर्णलाई ६३–५९ ले र पारामाउण्टले हाभर्डलाई २४–१९ को स्कोरले पराजित गरेको छ । सेमीफाइनल खेल मंगलबार बिहान बाट सुरु हुने संयोजक गुरुङले जानकारी दिए । 


एथलेटिक्सका प्रतिष्पर्धा जारी


प्याब्सन स्पोर्टस मिट अन्तर्गत एथलेटिक्स प्लस टु छात्रातर्फ १०० मिटर दौड प्रतिभाकी यूरिका बज्रचार्यले १५ः७ सेकेण्डमा दुरी पार गर्दै जितेकी छन् । त्यस्तै स्नो भ्यूकी अपेक्षा कार्कीले १५ः८८ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा बाल कल्याणकी सुदिक्षा घलेले १५ः१९ सेकेण्डमा दुरी पार गरी तेश्रो हुन सफल भइन् ।
मावि तह छात्र शटपुटतर्फ अल्फाका अमित चन्द्र पहिलो हुँदा फेवा पब्लिकका अनिश बिक दोश्रो र न्यू मिलेनियमका रामोन गुरुङ तेश्रो भएका छन् । त्यसै गरी लङ जम्पतर्फ न्यू मोडलका कुमार मल्ल पहिलो भए भने लिटिल स्टेपका मिलन नेपाली दोश्रो र डायमण्डका बन्दन थापा तेश्रो भए । 


प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । 


प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ ।


त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । 


कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।


१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए । 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्